सर्वदलीय बैठक अघि प्रधानमन्त्रीले किन बोलाए सत्ता गठबन्धनको बैठक ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन । नेपालमा बिबादास्पद बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौता ससदमा अनुमोदन गराउन लैजानलाई साझा सहमती खोज्ने र एमालेले अबरुद्ध गरिरहेको ससद खोल्ने विषयमा छलफल गर्न देउबाले सर्बदलिय बैठक बोलाएका हुन । तर सत्ता गठबन्धन दलकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी एम सीसी जस्ताको तस्तै अनुमोदन गर्न लैजान तयार नदेखिएको ले प्रधानमन्त्री ले सर्बदलिय बैठक अघि सत्त गठबन्धन को बैठक बोलाएका छन् ।
विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सरकारका एक मन्त्रीले बताए । उक्त बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन् ।
आइतबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । सर्बदलिय बैठकमा एमालेले भने माधब नेपाल को पार्टी सहभागी हुने र उक्त पार्टी अबैधानिक भएकोले सहभागी हुने बैठक मा नजाने जिकिर गरेको छ।
साझा धारणा निर्माणका लागि आइतबार दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया