सर्वदलीय बैठक अघि प्रधानमन्त्रीले किन बोलाए सत्ता गठबन्धनको बैठक ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन । नेपालमा बिबादास्पद बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौता ससदमा अनुमोदन गराउन लैजानलाई साझा सहमती खोज्ने र एमालेले अबरुद्ध गरिरहेको ससद खोल्ने विषयमा छलफल गर्न देउबाले सर्बदलिय बैठक बोलाएका हुन । तर सत्ता गठबन्धन दलकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी एम सीसी जस्ताको तस्तै अनुमोदन गर्न लैजान तयार नदेखिएको ले प्रधानमन्त्री ले सर्बदलिय बैठक अघि सत्त गठबन्धन को बैठक बोलाएका छन् ।
विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सरकारका एक मन्त्रीले बताए । उक्त बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन् ।
आइतबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । सर्बदलिय बैठकमा एमालेले भने माधब नेपाल को पार्टी सहभागी हुने र उक्त पार्टी अबैधानिक भएकोले सहभागी हुने बैठक मा नजाने जिकिर गरेको छ।
साझा धारणा निर्माणका लागि आइतबार दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया