बुकाहोलिक्सको चकटी बहसमा ‘जियरा’

काठमाडौँ । पुस्तक पढ्ने र त्यसबारे छलफल गर्ने समूह बुकाहोलिक्सको ७३ औँ चकटी बहस सम्पन्न भएको छ । भक्तपुरको कौसलटारस्थित रिडर्स हबको प्रेक्षालयमा बुकाहोलिक्सले ‘जियरा’माथि बहस आयोजना गरेको हो ।
अभिषेक भट्टराईले सञ्चालन गरेको कार्यक्रमको मुख्य आकर्षक उपन्यासकार नयनराज पान्डे थिए । यस्तै, कवि राजु झल्लु प्रसादले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । उनले जियाराले मधेसको आवाज बोलेको मात्रै नभई मधेसमाथि प्रश्न गरेको बताए ।
“काठमाडौंमा महल बनाएर मधेसको नाममा राजनीति गरिरहेकाहरूसँग मधेसको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने खाका छैन, तर नयन दाइसँग त्यो खाका देखिन्छ,” उनले भने, “यहाँ दमन, दलन र विभेद मात्रै देखाइएको छैन, त्यसबाट निस्केर भाग्ने उपाय र निस्किएको दृश्यहरू पनि देखाइएको छ ।”
पाण्डेको स्पष्टिकरण र झल्लु प्रसादको टिप्पणी सुन्न पाठकहरूको भेला भएका थिए । शनतकुमार वस्ती, आश्विनी कोइराला, रुपेश श्रेष्ठ, हाइवे सञ्जित भारती, मोहित जोशी, पूर्णिमा गिरी, दीक्षा पोख्रेललगायत व्यक्तिको उपस्थिति रहेको थियो ।
कार्यक्रमपछि लेखक र समीक्षकलाई बुकाहोलिक्सका तर्फबाट पुस्तकहरु उपहार दिइएको थियो । कार्यक्रमको प्रायोजक रिडर्स हस कफी सपले गरेको हो ।
















सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया