बुकाहोलिक्सको चकटी बहसमा ‘जियरा’

काठमाडौँ । पुस्तक पढ्ने र त्यसबारे छलफल गर्ने समूह बुकाहोलिक्सको ७३ औँ चकटी बहस सम्पन्न भएको छ । भक्तपुरको कौसलटारस्थित रिडर्स हबको प्रेक्षालयमा बुकाहोलिक्सले ‘जियरा’माथि बहस आयोजना गरेको हो ।
अभिषेक भट्टराईले सञ्चालन गरेको कार्यक्रमको मुख्य आकर्षक उपन्यासकार नयनराज पान्डे थिए । यस्तै, कवि राजु झल्लु प्रसादले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । उनले जियाराले मधेसको आवाज बोलेको मात्रै नभई मधेसमाथि प्रश्न गरेको बताए ।
“काठमाडौंमा महल बनाएर मधेसको नाममा राजनीति गरिरहेकाहरूसँग मधेसको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने खाका छैन, तर नयन दाइसँग त्यो खाका देखिन्छ,” उनले भने, “यहाँ दमन, दलन र विभेद मात्रै देखाइएको छैन, त्यसबाट निस्केर भाग्ने उपाय र निस्किएको दृश्यहरू पनि देखाइएको छ ।”
पाण्डेको स्पष्टिकरण र झल्लु प्रसादको टिप्पणी सुन्न पाठकहरूको भेला भएका थिए । शनतकुमार वस्ती, आश्विनी कोइराला, रुपेश श्रेष्ठ, हाइवे सञ्जित भारती, मोहित जोशी, पूर्णिमा गिरी, दीक्षा पोख्रेललगायत व्यक्तिको उपस्थिति रहेको थियो ।
कार्यक्रमपछि लेखक र समीक्षकलाई बुकाहोलिक्सका तर्फबाट पुस्तकहरु उपहार दिइएको थियो । कार्यक्रमको प्रायोजक रिडर्स हस कफी सपले गरेको हो ।














पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् १२ टिप्स
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया