प्रचण्ड निवासमा एकाविहानै किन पुगे सञ्चारमन्त्री ?
प्रचण्ड भेटेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा एकाविहानै सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले दिउँसो ४ वजे सर्वदलीय बैठक र त्यस अगाडी सत्ता गठवन्धनमा रहेका दलहरुको वैठक २ वजे बोलाएका छन् ।
सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको अवरोध फुकाउने र नेपालमा विवादास्पद बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विषयमा राष्टिय सहमति जुटाउने उदेश्यले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवा संसदमा एमसीसी अनुदान सम्झौता अनुमोदनका लागि पुस ६ को संसद बैठकमा कार्यसूचि बनाई अगाडी बढाउने तयारीमा छन् । त्यसका लागि उनले शुक्रवार सत्ता गठवन्धनका मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका थिए ।
तर प्रचण्डले यो विषय विवादमा रहेको र अहिलेको सम्झौतामा भएका विषयलाई जस्ताको तस्तै राखेर अनुमोदन गर्ने पक्षमा माओवादी केन्द्र नरहेको प्रष्ट सन्देश दिएपछि प्रधानमन्त्री अप्ठ्यारोमा छन् । प्रचण्डले एमसीसी जस्तो विषयमा दलहरुसँग छलफल गरेर राष्टिय सहमति नजुटाई हतारमा संसदमा लगेर पारित गर्ने पक्षमा माओवादी केन्द्र नरहेको प्रधानमन्त्रीलाई प्रष्ट सन्देश दिईसकेका छन् ।
त्यसपछि नै प्रधानमन्त्रीले प्रचण्डसहितको सल्लाहमा सर्वदलीय वैठक बोलाएका हुन् । त्यस अगाडी सत्ता गठवन्धन दलको बैठक प्रधानमन्त्रीले बोलाएका छन् । देउवाले सभामुख अग्नि सापकोटा लगायतलाई यस विषयमा मनाउन सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र पुष्पा भुसाल तथा प्रमुख प्रतिपक्षी दलका नेतालाई मनाउन कानुनमन्त्री दिलेन्द्रप्रसाद बढुलाई परिचालन गरिरहेका छन् । सत्ता गठवन्धन दलमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पारित गर्ने पक्षमा सकारात्मक छैनन । अर्काेतिर सभामुख सापकोटा पनि राष्टिय सहमति नवनेसम्म यस विषयलाई संसदमा कार्यसूचि बनाउन तयार छैनन ।
प्रमुख प्रतिपक्षी दलले माओवादी र एकीकृत समाजवादीसँगको सत्ता गठवन्त्रन तोडने शर्तमा मात्र यस विषयमा प्रधानमन्त्रीलाई सहयोग गर्न सक्ने गरी घुमाउरो प्रस्ताव देउवाकाहा पठाएको छ । प्रमुख प्रतिपक्षको शर्त र देशभित्र एम्सीसी पारित गराउन नहुने बढदो जनमतका कारण देउवा अप्ठ्यारोमा छन् ।
सोही कारण पनि उनले आफना मन्त्री र प्रतिनिधीलाई दलका नेताहरुसँगको सम्वादका लागि खटाईरहेका छन् । दिउँसो २ वजे बस्ने सत्ता गठवन्धन दलका नेताहरुको बैठकले ४ वजे बस्ने सर्वदलीय वैठकको एजेण्डा तय गर्ने बताईएको छ । त्यसैका लागि प्रधानमन्त्रीले सञ्चारमन्त्री कार्कीलाई प्रचण्डसँगको भेटका लागि खुमलटार पठाएको बालुवाटार स्रोतले जनाएको छ ।
दुई नेतावीच आइतबार विहान प्रचण्ड निवास खुमलटारमा झण्डै एक घण्टा छलफल भएको छ । ‘सर्वदलीय बैठकका एजेन्डामा साझा धारणा बनाउन दिउँसो बस्ने सत्तागठबन्धनको बैठकका विषयमा अनौपचारिक गृहकार्यको छलफलका लागि मन्त्री कार्की प्रचण्डसँगको छलफलमा जानुभएको हो,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सचिवालयले भन्यो, –’प्रचण्डसँग छलफल गरेर उहाँ प्रधानमन्त्रीलाई भेटन वालुवाटार पुग्नुभएको छ ।’
सत्ता गठवन्धन दलमा एमसीसीको विषयलाई सर्वदलीय वैठकमा एजेण्डाको रुपमा लैजान सहमति खोज्ने र त्यसपछि बस्ने सर्वदलीय बैठकमा दलहरूको ‘पोजिसन’ हेर्ने र सहमति खोज्ने प्रधानमन्त्री देउवाको चाहना छ । सत्ता गठबन्धनभित्र सहजै सहमति जुट्ने अवस्था भने बनिसकेको छैन । प्रचण्ड र नेपाल एमसीसी परिमार्जनसहित अनुमोदनको पक्षमा छन् । तर दुवै नेता अहिलेकै परिवशेमा जस्ताको तस्तै पारित गर्ने पक्षमा छैनन ।
सञ्चारमन्त्री कार्कीसँगको भेटमा पनि प्रचण्डले दलहरुका वीचमा राष्टिय सहमति नवनी एमसीसी अगाडी वढाउनै नहुने कुरा दोहोराएर पठाएका छन् ।
प्रतिक्रिया