सडक निर्माण हुने भएपछि धर्ना स्थगित
काठमाडौँ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम अघि बढ्ने भएको छ । सडक विस्तारको काम लामो समयसम्म हुन नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए । सडक विस्तारको काम अगाडि बढ्ने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ ।
चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दबाब दिन भन्दै आजदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेकाले धर्नाको कार्यक्रम स्थगन गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिए ।
समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नु पर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गर्नु पर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको गौतमले बताए ।
समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया