एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
मेरोन्यूज
२०८२ पुष ७ गते १९:४७

काठमाडाैँ । विद्युतीय कारोबारसम्बन्धी कसूरमा नेकपा (एमाले)का नवनिर्वाचित केन्द्रीय सदस्य ऐन महर धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पन्ती अनुजा श्रेष्ठ पक्राउ परेकी छन्।
महर दम्पत्तिविरुद्ध रश्मिला धामीले विद्युतीय करोबारसम्बन्धी कसूरमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यससम्बन्धी मुद्दामा आज जिल्ला अदालतमा पेसी तोकिएको थियो।
थुनछेक बहसमा महरसँगै एक लाख धरौटी माग गरिएको थियो। उनी एक लाख धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत, काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
त्यही मुद्दामा साइबर ब्यूरोको टोलीले अनुजा श्रेष्ठलाई पक्राउ गरेको हो। उनको थुनछेक बहस नसकिएकाले मंगलबार अदालतमा पेस गरिने साइबर ब्यूरोले जनाएको छ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया