किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई अमेरीकाले फिर्ता बाेलाएकाे छ ।
जाे बाइडेन राष्ट्रपतिकालमा नियुक्ति भएका थम्पसनलाई डाेनाल्ड ट्रम्प प्रशासनले फिर्ता बाेलाएकाे बुझिएको छ ।
अमेरिकाले एकैचोटी ३० देशमा तैनाथ आवासीय राजदूतहरुलाई फिर्ता बोलाएको खबर बाहिरिएको छ । ती मध्ये धेरै समयावधि सकिएका र केही बाँकी रहेका परेका छन् ।
डोनाल्ड ट्रम्प प्रशासनले युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाली मुलुकबाट राजदूत फर्काएको हो ।
अमेरिकी सहयाेगमा विश्वमा जेन जी आन्दोलन भएका नेपाल, श्रीलंका, माडागास्कर, फिलिपिन्सलगायत मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय आफैमा अर्थपूर्ण रुपमा लिइएको छ ।
कतिपय कुटनैतिक जानकारले अन्य देशकाे आन्तरिक मामिलामा हस्तक्षेप नगर्न ट्रम्प नीति विपरीत यी देशमा आएका राजदूतहरुले बाइडेनकालिन नीति अनुरप जेनजी आन्दोलनमार्फत हस्तक्षेप गरेको आरोप लगाउने गरेका छन् ।
फिर्ता हुने लटमा बुरुन्डी,क्यामरुन,केप भर्डे, ग्याबोन,कोट द आइभोर,माडागास्कर, मौरिसस,नाइजर,नाइजेरिया,र्वाण्डा, सेनेगल,सोमालिया र युगान्डामा कार्यरत कूटनीतिज्ञहरु छन् ।
त्यस्तै एशिया प्रशान्त क्षेत्रका फिजी, लाओस,पपुआ न्यू गिनी,फिलिपिन्स, भियतनाम तथा दक्षिण एसियाबाट नेपाल र श्रीलंका पनि घानमा परेका छन् । युरोपका आर्मेनिया,उत्तर म्यासेडोनिया,मोन्टेनेग्रो र स्लोभाकियाबाट समेत राजदूतलाई फिर्ता हुन भनिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया