किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई अमेरीकाले फिर्ता बाेलाएकाे छ ।
जाे बाइडेन राष्ट्रपतिकालमा नियुक्ति भएका थम्पसनलाई डाेनाल्ड ट्रम्प प्रशासनले फिर्ता बाेलाएकाे बुझिएको छ ।
अमेरिकाले एकैचोटी ३० देशमा तैनाथ आवासीय राजदूतहरुलाई फिर्ता बोलाएको खबर बाहिरिएको छ । ती मध्ये धेरै समयावधि सकिएका र केही बाँकी रहेका परेका छन् ।
डोनाल्ड ट्रम्प प्रशासनले युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाली मुलुकबाट राजदूत फर्काएको हो ।
अमेरिकी सहयाेगमा विश्वमा जेन जी आन्दोलन भएका नेपाल, श्रीलंका, माडागास्कर, फिलिपिन्सलगायत मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय आफैमा अर्थपूर्ण रुपमा लिइएको छ ।
कतिपय कुटनैतिक जानकारले अन्य देशकाे आन्तरिक मामिलामा हस्तक्षेप नगर्न ट्रम्प नीति विपरीत यी देशमा आएका राजदूतहरुले बाइडेनकालिन नीति अनुरप जेनजी आन्दोलनमार्फत हस्तक्षेप गरेको आरोप लगाउने गरेका छन् ।
फिर्ता हुने लटमा बुरुन्डी,क्यामरुन,केप भर्डे, ग्याबोन,कोट द आइभोर,माडागास्कर, मौरिसस,नाइजर,नाइजेरिया,र्वाण्डा, सेनेगल,सोमालिया र युगान्डामा कार्यरत कूटनीतिज्ञहरु छन् ।
त्यस्तै एशिया प्रशान्त क्षेत्रका फिजी, लाओस,पपुआ न्यू गिनी,फिलिपिन्स, भियतनाम तथा दक्षिण एसियाबाट नेपाल र श्रीलंका पनि घानमा परेका छन् । युरोपका आर्मेनिया,उत्तर म्यासेडोनिया,मोन्टेनेग्रो र स्लोभाकियाबाट समेत राजदूतलाई फिर्ता हुन भनिएको छ ।












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया