एनआरएनएमा कांग्रेसको समर्थन छैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता सिटौलाले गैरआवासिय नेपाली सङ्घको चुनावमा पार्टीबाट कोही आधिकारिक उम्मेदवार नभएको बताए।
गैर आवासीय नेपाली संघ एनआरएनएकी उपाध्यष एवम् अध्यक्षकी प्रत्यासी रविना थापा, महासचिवका प्रत्यासी विनय अधिकारी सहितको काठमाडौमा भएका छलफलमा सिटौलाले कुनै व्यक्तिको सद्भाव भए पनि त्यसलाई पार्टीको उम्मेदवार भन्न नमिल्ने उनले बताए।
एनआरएनए भित्रको विवाद आफै सुल्झाउन सुझाव समेत सिटौलाले आग्रह गरे । उनले कांग्रेसको जनसम्पर्क समिति भए पनि गैरआवासिय नेपाली सङ्घ कुनै पनि राजनीतिक दलको सङ्गठन नभएको बताए।
सङ्घमा सबै राजनीतिक आस्था विचार भएका व्यक्तिहरू हुनुहुन्छ’,सिटौलाले भने,‘यो कुनै दलको शुभेच्छुक र भातृ संस्था होइन।’
उनले एनआरएनएको विवादमा पार्टीको हस्तक्षेपलाई निमन्त्रण नगर्न सुझाव पनि दिए। सिटौलाले भने,‘नेताहरूको आ आफ्नै इन्ट्रेस्ट हुनसक्छ,त्यसलाई संस्थाभित्र प्रवेश गराउनु हुँदैन, संस्थालाई स्वतन्त्र राख्नुपर्छ।’
उनले पार्टीका निर्वाचित सभापति, उपसभापति, वरिष्ठ नेतालाई भेटेर आफ्नो संस्थाभित्रको उम्मेदवार आफै तोक्छौ भन्न सिटौलाले सुझाव दिए।
यसैगरी संघकी अध्यक्षकी प्रत्यासी थापाले स्वतन्त्र संस्थाका रूपमा चल्न दिनु पर्ने बताइन। राजनीतिक हस्तक्षेप हुन नदिन आफूहरू लागि रहेको समेत उनले बताइन।















सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया