बिहीबार, पुष १०, २०८२

एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक सुरु

मेरोन्यूज २०७८ पुष ४ गते १६:४९

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको बताइएको छ । सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले अनुपस्थित रहेको छ । बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अन्य दलहरु सहभागी छन् ।

प्रतिक्रिया