बिहीबार, पुष १०, २०८२

सर्वदलीय बैठकमा पहिलोपटक गगन थापा

मेरोन्यूज २०७८ पुष ४ गते १७:०४

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा पहिलोपटक सर्वदलीय शीर्ष बैठकमा सहभागी भएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराएका हुन् ।


सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा छन् । प्रधानमन्त्री देउवाले छलफलको मूल विषय एमसीसी बनाउने लक्ष्य बनाए पनि एमसीसी संसदमै पेश गर्नुपर्ने र प्रतिपक्षको पनि सहयोग आवश्यक भएकाले संसदको गतिरोध अन्त्य गर्ने विषयलाई प्राथमिक बनाएका छन्  ।

प्रतिक्रिया