सर्वदलीय बैठक : एमसीसीका विषयमा पुनः छलफल गरिने

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाइएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने र संसदमा दिखिएको अवरोध हटाउने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।
बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेका थिए । एमसीसीका विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्ने सहमति गर्दै बैठक सकिएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकमा नेपाल मजदुर किसान पार्टी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए । यस्तै बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता संशोधन गरेर अगाडि बढाउनु पर्ने धारणा राखेको नेमकिपाका नेता प्रेम सुवालले जानकारी गराए । उनका अनुसार बैठकमा जनता समाजवादी पार्टी र नेपाली कांग्रसले एमसीसी सम्झौता संसदबाट पास गर्नु पर्ने धारणा राखेका थिए ।














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया