सर्वदलीय बैठक : एमसीसीका विषयमा पुनः छलफल गरिने

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाइएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने र संसदमा दिखिएको अवरोध हटाउने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।
बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेका थिए । एमसीसीका विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्ने सहमति गर्दै बैठक सकिएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकमा नेपाल मजदुर किसान पार्टी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए । यस्तै बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता संशोधन गरेर अगाडि बढाउनु पर्ने धारणा राखेको नेमकिपाका नेता प्रेम सुवालले जानकारी गराए । उनका अनुसार बैठकमा जनता समाजवादी पार्टी र नेपाली कांग्रसले एमसीसी सम्झौता संसदबाट पास गर्नु पर्ने धारणा राखेका थिए ।










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया