बिहीबार, पुष १०, २०८२

एमालेलाई दलहरुको आग्रह : असन्तुष्टि प्रकट गर्ने नाममा संसद्लाई बन्धक नबनाउ

मेरोन्यूज २०७८ पुष ४ गते १९:१४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेलाई आफना असन्तुष्टि सम्वोधनका नाममा जनप्रतिनिधीमुलक सस्था संसदलाई बन्धक नबनाउन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आग्रह गरेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा ति दलहरुले संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को‌ नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको भन्दै एमालेलाई आफ्ना असहमति प्रकट गर्ने नाममा संसद बन्धक नवनाउन आग्रह गरेका हुन् ।

नेकपा एमालेले माधव नेपाल लगायतलाई कारवाही गर्न आफुहरुले संसदमा दर्ता गराएको पत्रमा सभामुखले कुनै कारवाही प्रक्रिया नवढाई पूर्वाग्रह साधेको आरोप लगाउँदै संसद लामो समय देखि निरन्तर अवरोध गदै आईरहेको छ । देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले भने सहभागी थिएन ।


संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुले संसदको अवरोध निरन्तर जारी राख्न नहुने धारणा राखेको वैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए । उनले विरोध र असहमति प्रकट गर्ने नाउमा संसद् अवरुद्ध हुँदा त्यसले लोकतन्त्र र संसदीय अभ्यास नै कमजोर हुने बैठकले निष्कर्ष निकालेको बताए । ‘विरोध गर्ने, असहमति प्रकट गर्ने मूलथलो संसद् नै हो । तर, सिंगो संसद्ला‌ई यसरी निरन्तर बन्धक बनाउँदा हाम्रो लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुन जाने खतरा हुन्छ,’ उनले भने ।

संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को‌ नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको निश्कर्ष संसदमा प्रतिनिधीत्व गर्ने दलहरुले निकालेको कार्कीले बताए ।


जननिर्वाचित संस्थालाई यसरी लामो समयसम्म बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्वपूर्ण विधेयक र प्रस्तावहरूसमेत अल्झिएका छन्,’ सञ्चारमन्त्री कार्कीले भने, ‘संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन ।’

मन्त्री कार्कीले सरकारले प्रतिपक्षले उठाएका विषयमा सहमति खोज्न र संवाद गर्न तयार रहेकोभन्दै सरकारका तर्फबाट संसद् सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया