कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो
मेरोन्यूज
२०७८ पुष ४ गते १९:५५

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना गरिएको थियो ।
कांग्रेस निर्वाचन समितिले मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । ३५ सदस्यका लागि ९९ जनाले महाधिवेशनमा उम्मेदवारी दिएका थिए ।
निर्वाचित भएका ३५ जना खुला केन्द्रीय सदस्यमा २५ जना पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् । शनिबारबाट सुरु भएको मतगणना आइतबार सकिएको हो । गत सोमबार सम्पन्न मतदानको निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको नतिजा सार्वजनिक गरिसकेको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया