सडकमै शव छाडेर स्थानीबासी आन्दोलित
मेरोन्यूज
२०७८ पुष ५ गते ९:५१
काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–४ मा आइतबार राति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरी रहेको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालकको लापरबाहीले दुर्घटना भएको भन्दै घटना स्थलमै शव छाडेर स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले टिप्पर चालकलाई कारबाहीको माग गर्दै क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले टिप्पर तोडफोड गरी क्षति पुर्याउएका छन् ।
टिप्पर चालक रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्कामाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया