सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालक स्वास्थ्य जाँच
काठमाडौँ । पूर्वपश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा पूर्वपश्चिम राजमार्गमा चल्ने नीजि तथा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको सडकमै आँखा र दाँतको जाँच गरिएको हो ।
जाँच शिविरमा चालक १११, सहचालक १७ र सर्वसाधारण २६ गरी १५४ जनाको निःशुल्क आँखा र दाँतको जाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
जाँच गरिएका चालकमध्ये थोरैमा मात्र आँखासम्बन्धि समस्या देखिएको र धेरैमा अझै लाइटको कलर छुट्टयाउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
यस्तै दाँत गरिएका चालकमध्ये अधिकांशमा दाँतको समस्या देखिएको र पानपराग तथा गुटखा खाने गरेको पाइएको उनको भनाइ छ । लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्यासमेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।













जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
Magnitude 6.7 earthquake strikes off the coast of Mindanao Island in southern Philippines
नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया