बिहीबार, पुष १०, २०८२

विश्वप्रकाश शर्माले भने- ‘आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर छु’

मेरोन्यूज २०७८ पुष ५ गते १३:०९

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्व प्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । उनले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

‘जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ,त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ,’ उनले भने ।

उनले सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएका बेला सकेसम्म उपलब्ध भएको प्रष्ट पारे । उनले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभई समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए ।तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हाली सकेको र आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया