दाहाल र नेपालले एकै कार्यक्रममा भने – सत्ता गठबन्धन एमालेले तोड्न खोजेपनि तोडिदैन

काठमाडौं । सत्तासिन दलकै दुई शीर्ष नेताले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई कारण देखाएर सत्ता गठवन्धन तोडाउने प्रयासमा एमाले लागेको आरोप लगाएका छन् । तर गठबन्धनको सरकार कसैले तोडदैमा नतोडिने र लामो समयसम्म चल्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्ता गठवन्धन लामो समय सम्म जाने विश्वास ब्यक्त गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले गत वर्ष एमाले अध्यक्ष केपी ओलीले गरेको संसद विघटनको दिनलाई कालो दिनको रुपमा सम्झदै आयोजना गरेको कार्यक्रममा एकै मञ्चमा उपस्थित भएर प्रचण्ड र माधव नेपालले गठवन्धन तोडनका लागि एमालेले कांग्रेसलाई अनेक प्रस्तावको अफर गरेपनि त्यो कामयावी नहुने जिकिर गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव कांग्रेसलाई गरेको बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई नतोडी निरन्तरता दिने आफूलाई बताएको प्रचण्डको भनाई थियो
।
‘एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,। तर प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा आफु नरहेको भन्नु भएको छ,’ प्रचण्डले भने ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने सहमति गठवन्धन दलका वीचमा भईसकेकोले आउने चुनावमा पन िकसैको वहुमत नआउने भएकोले सत्ता गठवन्धन लामो समय सम्म जाने जिकिर गरे ।
‘आगामी चुनावमा कसैले पनि बहुमत आउँदैन । त्यसैले गठबन्धनको सरकार लामो समयसम्म चल्ने छ । यस विषयमा पनि गठबन्धनभित्र छलफल भएको छ ।’ अध्यक्ष नेपालले भने ।
उनले एमाले अध्यक्ष ओलीलाई गफमा कसैले पनि जित्न नसक्ने भन्दै ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुने समेत वताए ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया