कैलालीमा हत्या गरिएका दासको शव उठाइयो

कैलाली । कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव उठाइएको छ । जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन् । उनको शव विभत्स हत्या गरिएको अवस्थामा अमरावति सामुदायिक वनमा शनिबार फेला परेको थियो ।
प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ । उनको हत्या गरिएको र हत्याराहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ । समितिले ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । दासको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया