शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपिएफको पहिलो जित

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पाँच खेलमा चार अंक जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ ।
एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक गोल फर्काए । एपिएफले खेलको ३०औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो । कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिक्कीले उत्कृष्ट गोल गरे । खेलको ३२औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । कप्तान नवीन लामाकै पासमा उनले गोल गरेका थिए ।
त्यस्तै खेलको ५६औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल एक सान्त्वना गोल फर्काए । एपिएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । पाँच खेल खेलेको फ्रेन्ड्स दुई अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया