शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपिएफको पहिलो जित

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पाँच खेलमा चार अंक जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ ।
एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक गोल फर्काए । एपिएफले खेलको ३०औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो । कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिक्कीले उत्कृष्ट गोल गरे । खेलको ३२औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । कप्तान नवीन लामाकै पासमा उनले गोल गरेका थिए ।
त्यस्तै खेलको ५६औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल एक सान्त्वना गोल फर्काए । एपिएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । पाँच खेल खेलेको फ्रेन्ड्स दुई अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।











कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया