कांग्रेस खुल्ला महिला केन्द्रीय सदस्यको ३३५० मतगणना, कसको कति मत ?

काठमाडौँ । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुल्ला महिला केन्द्रीय सदस्यतका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी रहेको हो । हालसम्म ३३५० मतगणना गरिएको केन्द्रीय निवार्चन समितिले जनाएको छ । जसमा पहिलो स्थानमा डा।डिला संग्रौला रहेकी छिन् ।
उनले अहिलेसम्मको परिणाममा २०७९ मत ल्याएकी छिन् । दोस्रोमा पुष्पा भूसाल १९७५ मत ल्याएकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १८५० मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
अम्बिका बस्नेत १६७७ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने १६२७ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइ १५१० मतसहित छैटौ स्थानमा रहेकी छिन् ।
त्यसैगरी, सातौं स्थानमा रमा कोइराला १३५५ मत ,शुशिला ढकाल आठौं स्थानमा रहेकी छिन् । उनले १३०६ मत ल्याएकी छिन् । रङंमती शाही १३०८ मत ल्याएर ९ औं नम्बरमा छिन् । अनिता देवकोटा यसअघि ९ औं स्थानमा थिईन भने अहिले उनी १२४४ मत ल्याएर १० औं स्थानमा पुगेकी छिन् । खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना प्रतिष्प्रधामा रहेका छन् ।














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया