पर्यटकीय क्षेत्रको विकास सरकारको मुख्य उद्देश्य हो : मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित सुदूरपश्चिम पर्यटन साइकल यात्रा–२०७८ को समापन समारोहमा उनले धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले यहाँको विकासका लागि अहोरात्र खटिने विश्वास दिलाए । उनले भने, “सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके आर्थिक प्रगति गर्न सकिन्छ ।”
यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड, रामारोसन, अपिसैपाल, बडिकेदारलगायत स्थानमा पर्यटक भित्र्याउनका लागि भौतिक पूर्वाधारसहित निर्माणकार्य तीव्ररुपमा बिस्तार भइरहेको बताए ।
पर्यटकको सहजताका लागि मोटरबाटो, खानेपानीलगायत भौतिक संरचना विस्तारका लागि पहल गरिरहेको मन्त्री आलेले जानकारी दिए । सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र तथा धार्मिकस्थल भएकाले ती क्षेत्रको तीव्र विकाससँगै प्रचारप्रसार गर्नुपर्नेमा मन्त्रीको आलेको जोड थियो । सुदूरपश्चिम वन तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा फारवष्टर्न राइडर कल्बको सहकार्यमा यही पुस ३ गते कैलालीको धनगढीबाट उक्त पर्यटन साइकल यात्रा सुरु भइ डोटीको बुडरमा गएर आज समापन गरिएको हो । रासस
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया