शुक्रबार, वैशाख ११, २०८३

कांग्रेसका महिला केन्द्रीय सदस्य

एक जना बाहेक सबै देउवा समुहका विजयी

मेरोन्यूज २०७८ पुष ५ गते २१:१६

काठमाडौँ । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यतर्फको मतगणना सकिएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला महिला केन्द्रीय सदस्यमा भएको निर्वाचनको मतगाणना सकिएको हो । मतगणना केन्द्रीय पार्टी कार्यालय सानेपामा भएको थियो ।

Advertisement
NiccNicc

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा र एक जना डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट निर्वाचित भएका छन् । खुला महिला केन्द्रीय सदस्य ९ जनाका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन समितिका अनुसार डा. डिला संग्रौला पन्तले सर्वाधिक मत ल्याएकी छन् । उनले २ हजार ८ सय ८५ मत ल्याइन् । यस्तै दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले २ हजा ७ सय १८ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेकी सभापति देउवाकी पत्नी डा. आरजु राणाले २ हजार ५ सय ३६ मत ल्याइन् ।

यस्तै चौथो स्थानमा अम्बिका बस्नेत, पाँचौ स्थानमा ईश्वरी न्यौपाने, छैटौ स्थानमा सरिता प्रसाइँ, सातौ स्थानमा रमा कोइराला पौडेल, आठौं स्थानमा सुशीला ढकाल आचार्य र नवौं स्थानमा रंगमती शाही निर्वाचित भएकी छन् । निर्वाचित नौ जनामध्ये सरिता प्रसाईँ शेखर पक्षकी हुन् भने अरु सबै देउवा पक्षका हुन् ।

प्रतिक्रिया