माओवादीको वागमती प्रदेश पदाधिकारी चयनका लागि मतदान शुरु
अध्यक्षमा दीनानाथ गौतम र सरल सहयात्रीबीच प्रतिष्पर्धा, ९ पदका लागि २९ जना चुनावी मैदानमा

काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । माओावदी केन्द्रको निर्वाचन समितिले तोकिएको समयभन्दा केही ढिलो गरी मतदान सुरु भएको हो । अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिष्पर्धामा छन् ।
उनीहरु दुवै जनाले मतदान गरी सकेको निर्वाचन समितिले जनाएको छ । तीन उपाध्यक्षका लागि १० जनाले उम्मेदवारी दिएका छन् । जसमामा दिपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद टुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला ज्वाला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी छिन्तु, रामध्वज डल्लाकोटी, दिलबहादुर विक विनोद र अमरबहादुर विश्वकर्मा रहेका छन् ।
यस्तै एक सचिवका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सचिवमा धर्म महर्जन, रामचन्द्र अधिकारी आरसी, इन्द्रबहादुर थिङ छिन्ताङ र अन्जानकुमार तिमिल्सिनाले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै तीन सहसचिवका लागि १० जना र कोषाध्यक्ष एक पदका लागि तीन जनाको दावी परेको छ । माओवादी केन्द्रमा पहिलो पटक निर्वाचन भएको हो । यसअघि सर्वसम्म नेतृत्व चयन गर्दै आएको थियो ।
















पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया