सञ्चारकर्मीले सही र सत्य सूचना दिनु : महासचिव पोखरेल

काठमाडौँ । प्रेस चौतारी नेपाल दाङको नवौँ जिल्ला अधिवेशनमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई सही र सत्य सूचना दिने सञ्चारकर्मीको दायित्व भएको बताएका छन् ।
महासचिव पोखरेलले नागरिकलाई सही सूचना दिने र सरकारलाई खबरदारी गर्ने काम मिडियाहरूले निरन्तररूपमा गरिरहनु पर्ने बताए । सत्य र गलतलाई छुट्याउने सही सूचना दिनु पर्ने र सञ्चारमाध्यमले आफ्नो दायित्व भुल्न नहुने उनको भनाई थियो । “सत्य तथ्य सूचना दिने र गलत कार्यका विरुद्ध लेखेर खबरदारी गर्ने सञ्चार क्षेत्रको दायित्व हो”, महासचिव पोखरेलले भन ।
नवौँ अधिवेशनले इन्द्र डिसीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।
सदस्यमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कुँवर, वीरेन्द्र गिरी, अंशु बोहरा, सुुवास शर्मा, वसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोखरेल, हिमाल विश्वकर्मा, निमराज पोखरेल चयन गरिएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया