पाँच प्रदेशमा माओवादी नेतृत्व टुंगो लगाउन बाँकी

काठमाडौँ । लामो रस्साकस्सीबीच नेकपा माओवादी केन्द्रले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुंगो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन् ।
यसैबीच प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा माओवादीले अझै पाँच प्रदेशको नेृतत्व टुंगो लगाउन सकेको छैन । प्रदेश १, प्रदेश २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्व चयन हुन नसकेको हो । सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुंगो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ ।
















पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया