संसदमा एमसीसी पेश गर्ने प्रधानमन्त्रीको चाहना कार्यसूचीमा नपर्ने

काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेश गर्न चाहे पनि रोकिने भएको छ ।
प्रधानमन्त्री देउवाले संसदमा एमसीसी पेश गर्न साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएका थिए । आइतबार बसेको सत्ता गठबन्धन र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन ।
बैठकमा सत्ता गठबन्धनकै नेताहरूले एमसीसी संंसदमा पेश गर्नेबारे साझा धारणा बनाउन नसकी टुंगिएको थियो । सत्ता गठबन्धन दलभित्रै एमसीसीबारे के गर्ने भन्ने एजेण्डा बन्न नसक्दा आजको संसद बैठकमा एमसीसी पेश गर्ने सम्भावित कार्यसूचीमा नपर्ने भएको छ ।
त्यसो, त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा धारणा बनाइसकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलको धारणापछि मात्रै आफूहरूले बोल्ने बताउँदै आएका छन् ।
संसद बैठक अवरुद्ध बनाउँदै आएको एमालेले आजको बैठकमा समेत विरोध गर्ने भएको छ । पार्टीले तत्कालीन एमाले नेता माधव नेपालसहित केही सांसदलाई गरेको कारबाहीमा पूर्वाग्रह सोचेको भन्दै सभामुखको राजीनामा माग गर्दै आन्दोलन गरेको हो ।
एमालेले सभामुखले मार्ग प्रसस्त गर्नु पर्ने वा कमजोरी सञ्चाउनु पर्ने अडान राख्दै आएकाले संसद अवरुद्ध भएको हो । एमालेको अवरोधका बीच आज संसद बैठक बस्ने भएको छ ।
















पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया