कांग्रेस प्रदेश २ अधिवेशन
विमलेन्द्र निधिले छाडे देउवाको साथ, शेखरसँग छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुरुमा सभापति शेरवहादुर देउवासँगै टक्कर गर्न उत्रिएका र अन्तिम समयमा देउवालाई नै साथ दिएका विमलेन्द्र निधिले अन्ततः देउवाको साथ छोडेका छन् । आज देखि शुरु हुन लागेको प्रदेश २ को नेतृत्वमा आफु निकट नेतालाई जिताउन उनले देउवाको साथ खोजेपनि देउवाले उनलाई साथ नदिएपछि निधिले पनि शेखर कोइरालासाग निकटता बढाएका छन् ।
निधिले प्रदेश २ को अध्यक्षमा आफूनिकट रामसरोज यादवलाई जिताउन चाहेका छन् ।
प्रदेश नेतृत्वका लागि बुधबार हुने निर्वाचनमा देउवा र निधि समूहबीच प्रतिस्पर्धा हुने गरी चुनावी रणनीति अघि बढेको छ । देउवाविरुद्ध निधि र कोइराला समूहबीच समीकरणको प्रयास भइरहेको छ ।
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवलाई निधिले प्रदेश २ को सभापति बनाउन चाहेका छन् ।
निधिले शेखर कोइराला र रामचन्द्र पौडेल पक्षको सहयोगमा यादवलाई प्रदेश सभापति बनाउन छलफल गरिरहेका छन् । कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री लिएर सहमति गर्न तयार भए पनि निधिले एक महामन्त्री र एक सहमहामन्त्री मात्र दिने अडानमा छन् ।
शेखर कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरमा खटाएका छन् । यो पक्षका नेताहरु अहिले जनकपुरमै रहेका विमलेन्द्र निधिसँगको छलफलमा छन् । कोइराला समूहबाट सिरहाका नरेश यादवलाई सभापतिमा अघि सारिए पनि निधिसँग समीकरण हुँदा उनी पछि हट्ने छन् । देउवाले भने गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणको नेतृत्वमा उदयशमशेर राणा र रामहरि खतिवडासहितको टोली जनकपुर पठाएका छन् ।
देउवा समूहबाट प्रदेश सभापतिका उम्मेदवारमा कृष्ण यादवले उम्मेदवारी दिने भएका छन् । प्रदेश अधिवेशनका एक हजार ९२० प्रतिनिधि चयन भएका छन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना प्रतिनिधि चयन भएका हुन् ।
प्रदेश २ को ८ जिल्लामा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । सबै प्रक्रिया पूरा गरी भोलि बिहान मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया