यी हुन् एपीले कैद गरेका सन् २०२१ का एसियाली उत्कृष्ट फोटोहरु
मेरोन्यूज२०७८ पुष ६ गते १२:१७
काठमाडौँ । गत वर्ष जस्तै, सन् २०२१ मा विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीले थप करोडौँ मानिस संक्रमित भए । लाखौँ मानिसले ज्यान गुमाए ।
कोरोनाका कारण विश्वभर पुनः एकपटक ‘लकडाउन’ हुन पुग्यो । शक्तिशाली देशहरू कोरोनासँग निरिह भएका तस्विरहरूले झल्काएको देखिन्थ्यो । अमेरिका र युरोपेली देशहरूमा दैनिक लाखौँको संख्यामा कोरोना संक्रमितहरू देखिँदा भारतमा शव जलाउन पालो कुर्नु पर्ने अवस्था देखियो ।
नेपालको राजधानी काठमाडौँमा रहेको कमल पाेखरीमा सफाई गर्दै कामदार । यो सबैभन्दा पुराना र ऐतिहासिक पाेखरी हो ।
यसै वर्ष चीनको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्नो सयौँ वर्ष पूरा गर्दै राष्ट्रपति सि जिङपिङलाई थप शक्तिशाली बनाउने गरी विधान प्रस्तु भए । उता, कतिपय देशमा राजनीति अस्थिरताका कारण नागरिकहरू आन्दोलनमा उत्रिनु परेको थियो ।
यस वर्ष प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा धनजनको क्षति हुन पुग्यो । बाढी, पहिरो, सुनामी, आँधीका कारण धेरै सर्वसाधरणले आफ्नो बासस्थान छाड्न बाध्य भए ।
हेर्नुहोस् यस वर्ष दक्षिण एसियाली राष्ट्रहरूमा कैद गरिएको समाचार संस्था एपीले संकलन गरेको तस्विरहरू :
ब्राजिलयन खेलाडी डेनियल ओसिजावा । जापानको राजधानी टोकियोमा आयोजित बलिबल प्रतियोगिता सुरु हुनुअगाडि राष्ट्रिय गान गाउँदै ।भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाएकाहरूको अन्तिम संस्कार गर्न पालो कुरेका आफन्तहरू ।भारतीय नियन्त्रित कश्मिरको श्रीनगरमा रहेको श्मशान गृहमा कोरोनाबाट मृत्यु भएको व्यक्तिको रुँदै गरेको छोरालाई आफन्तले सान्त्वना दिँदै।थाइल्याण्डमा प्रयोग नगरिएका ट्याक्सीहरूको छतमा लगाइएका खाद्य बाली ।कोरोनाबाट मृत्यु भएको व्यक्तिको आफन्त, भारत । फिलिपिन्सको मनिला खाडीमा साइप्रस फ्ल्याग गरिएको बिकेएम १०४ ड्रेजरसँग ठोक्किएपछि आधा डुबेपछि । छेउँमा माछा मार्नेले आफ्नो जाल फ्याँक्दै ।बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको सयौँ वर्षगाँठमा कलाकारहरू । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको सयौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित गला कार्यक्रममा उपस्थित हुँदा हात हल्लाउँदै । पल जम्मिटले आफूले पालेको इमु गुकीलाई बाढीबाट उद्धार गरेपछि ।भारतको जम्मुमा रहेको एउटा श्मशान गृहमा काेराेनाबाट मृत्यु भएकाहरूको दाहसंस्कार चिताबाट तातो भएपछि दौडिँदै स्वयंसेवक । डाक्टरले बाटोमा नै कोरोनाको गर्न नाक स्वाब निकाल्दै । एयरलाइन कर्मचारीहरू कोरोनाविरुद्धको खोप प्राप्त गरेपछि, बैंकक थाइल्याण्डमा ।भारतको नयाँ दिल्लीमा भारतका कनिष्ठ गृहमन्त्रीको स्वामित्वमा रहेको कारले किचेर उत्तर प्रदेश राज्यमा चार किसानको हत्याको विरोधमा प्रदर्शन गरिरहेका कांग्रेस पार्टीको युवा संगठनका एक कार्यकर्तालाई अर्धसैनिक बलका सिपाहीहरूले हिरासतमा लिँदै । मलेसियाको पेराक राज्य इपोहमा ठूला चुनढुङ्गा उत्खननबाट वन विनाश गरिएका पहाडहरू ।
प्रतिक्रिया