बाँदरझुलावासी र सरकारवीच तीन बुँदे सहमति

काठमाडौँ । चितवन माडीको बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच तीन वुँदे सहमति भएको छ । बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएसँगै संर्घष समितिसाग सहमति भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो । उक्त छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल लगायत सहभागी थिए ।
त्यसपछि सरकार बाँदरझुला संर्घष समितिसँग समस्या समाधान गर्न सहमत भएको हो ।

बाँदरझुलावासीलाई तत्काल लालपूर्जा दिलाउनका लागि निकुञ्जसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार भएको हो । भूमि मन्त्रालय र वन मन्त्रालयले समझदारी गरी ऐन संशोधनको प्रस्ताव पेस गर्ने र पारित गराउने सहमति भएको हो ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालका अनुसार तीन बुँदे सहमतिपत्रमा राष्ट्रिय भूमि आयोग र आन्दोलनकारीका प्रतिनिधिले हस्ताक्षर गरेर सार्वजनिक हुँदैछ ।
‘आयोग र आन्दोलनमा रहेकाहरूबीच सहमति गरेर समस्या समाधान गर्ने सहमति भएको छ । सहमतिमा आन्दोलन रोक्ने र उहाँहरूका माग समाधन गर्न आयोगले गर्ने काम अगाडि बढाउने भन्ने सहमति भएको छ’ आन्दोलनकारीका मागमा नगरपालिकाको पनि समर्थन रहेको जनाउँदै मेयर ढकालले भने, -‘जग्गाधनी प्रमाणपूर्जाको बारेमा आयोगले तुरुन्तै सूचना निकाल्ने र कामलाई अगाडि बढाउने । अहिले अस्थायी पूर्जाको रूपमा निस्सा दिने पहिलो सहमतिको बुँदा छ ।’
भूमिमा ट्र्याक्टर पनि लिन नपाउने अवस्था थियो । त्यसको अन्त्य गर्नका लागि भूमि र वनमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लिएर ट्र्याक्टरले जोत्न पाउने भन्ने छ । तेस्रो बुँदा, विद्युतीकरणका लागि २ करोड २१ लाखको ठेक्का टेन्डर अगाडि बढाउने हो ।














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया