बिहीबार, जेठ १, २०८२

एमाले नीति : अन्यत्र माधव नेपालको पार्टी वहिष्कार, संसदको कार्यब्यवस्थामा भने स्वीकार

मेरोन्यूज २०७८ पुष ६ गते १३:३२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा माधव नेपालहरुको पार्टीलाई अवैधानिक रुपमा जन्मिएको र आफुहरुले कारवाही गरेका सांसदलाई कारवाही नगरी सभामुखले पूर्वाग्रह पालेको भन्दै कि सभामुखले मार्गप्रसस्त गर्नुपर्ने कि कमजोरी स्वीकार गरेर जानुपर्ने अडान लिँदै संसदको अवरोध रोकेको छैन ।


प्रधानमन्त्री शेरवहादुर देउवाले वोलाएको सर्वदलीय वैठकमा पनि माधव नेपालहरु सहभागी हुने भनेपछि एमालेले वहिष्कार गरेको छ । यसवीच सभामुखले सदनको गतिरँेध फुकाउन वोलाएको वैठकमा समेत एमालेले वहिष्का र गदैं आईरहेको थियो ।

तर एउटा यस्तो वैठक छ, जाहा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी र नेकपा एमाले सागै छलफलमा बस्ने गरेका छन् । संसद वैठक सञ्चालन कार्यसूची बनाउन संसदको बैठक अगाडी बस्ने गरेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा भने एमाले र नेकपा एकीकृत समाजवादी सँगै सहभागी हुने गरेका छन् । यो कार्यब्यवस्था परामर्श समिति सभामुखको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक, सचेतक लगायतका नेताहरु रहेका हुन्छन् ।

मंगलवार पनि सभामुख अग्नि सापकोटाको अध्यक्षतामा कार्यब्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त वैठकमा सत्ता पक्षवाट काुननमन्त्री दिलेन्द्र बढु लगायत कांग्रेसका सांसदहरु पनि थिए । माओवादी केन्द्रका नेता देव गुरुङ लगायत सहभागी बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद कृष्णभक्त पोखरेल सहभागी थिए । त्यही कार्यब्यवस्था परामर्श समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ पनि सहभागी थिए ।

संसदको कार्यब्यवस्था समितिको बैठकमा एमालेले नेकपा एकीकृत समाजवादीको सहभागितालाई भने कुनै प्रश्न गरेको छैन । तर संसद वैठक देखि सर्वदलीय वैठकसम्म भने एमालेले माधव नेपालको पार्टीलाई वहिष्कार गदै आईरहेको छ ।

प्रतिक्रिया