एमाले नीति : अन्यत्र माधव नेपालको पार्टी वहिष्कार, संसदको कार्यब्यवस्थामा भने स्वीकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा माधव नेपालहरुको पार्टीलाई अवैधानिक रुपमा जन्मिएको र आफुहरुले कारवाही गरेका सांसदलाई कारवाही नगरी सभामुखले पूर्वाग्रह पालेको भन्दै कि सभामुखले मार्गप्रसस्त गर्नुपर्ने कि कमजोरी स्वीकार गरेर जानुपर्ने अडान लिँदै संसदको अवरोध रोकेको छैन ।
प्रधानमन्त्री शेरवहादुर देउवाले वोलाएको सर्वदलीय वैठकमा पनि माधव नेपालहरु सहभागी हुने भनेपछि एमालेले वहिष्कार गरेको छ । यसवीच सभामुखले सदनको गतिरँेध फुकाउन वोलाएको वैठकमा समेत एमालेले वहिष्का र गदैं आईरहेको थियो ।
तर एउटा यस्तो वैठक छ, जाहा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी र नेकपा एमाले सागै छलफलमा बस्ने गरेका छन् । संसद वैठक सञ्चालन कार्यसूची बनाउन संसदको बैठक अगाडी बस्ने गरेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा भने एमाले र नेकपा एकीकृत समाजवादी सँगै सहभागी हुने गरेका छन् । यो कार्यब्यवस्था परामर्श समिति सभामुखको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक, सचेतक लगायतका नेताहरु रहेका हुन्छन् ।
मंगलवार पनि सभामुख अग्नि सापकोटाको अध्यक्षतामा कार्यब्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त वैठकमा सत्ता पक्षवाट काुननमन्त्री दिलेन्द्र बढु लगायत कांग्रेसका सांसदहरु पनि थिए । माओवादी केन्द्रका नेता देव गुरुङ लगायत सहभागी बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद कृष्णभक्त पोखरेल सहभागी थिए । त्यही कार्यब्यवस्था परामर्श समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ पनि सहभागी थिए ।
संसदको कार्यब्यवस्था समितिको बैठकमा एमालेले नेकपा एकीकृत समाजवादीको सहभागितालाई भने कुनै प्रश्न गरेको छैन । तर संसद वैठक देखि सर्वदलीय वैठकसम्म भने एमालेले माधव नेपालको पार्टीलाई वहिष्कार गदै आईरहेको छ ।














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया