प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी

जनकपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि संघीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् ।
प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
निर्वाचन समितिले जनकपुरधामस्थित स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ संयोजन समितिका संयोजक रमेश रिजालले जानकारी दिए । मतदान बुधबार बिहानबाट हुने जनाएको छ । प्रदेश अधिवेशनको उद्घाटन भए पनि जिल्ला जिल्लामा प्रतिनिधि छनोट हुन नसकेको जनाउँदै महाधिवेशन पछि मात्रै प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेको छ ।
प्रदेशका आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी एक हजार ९२० मतदाता रहेको जनाएको छ । यसमा केही केन्द्रीय सदस्य थप हुन सकिने बताइएको छ ।














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया