रौतहटमा आगलागिमा परि दुई बालबालिकाको मृत्यु

रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ ।
रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जलेर २ बालबालिकाको मृत्यु भएको हो ।
मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन् ।
बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो अचानक भएको आगलागीमा परेर दुई बालबालिकको मृत्यु भएको हो ।
आगोमा जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै र तत्कालै उपचारका लागि अस्पताल लगिएका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा बुधबार बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिजयपुरकाअनुसार, मदनको घर छेउमा दाइँ गर्नका लागि राखिएको धानमा लागेको आगो मदनको घरमा सल्किएको थियो ।
आगलागीबाट मदनको घर र घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको परिवारले जनाएको छ ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया