आज तपाईंको दिन कस्तो ? के छ राशीफलमा

आज वि. सं. २०७८ साल पौष महिनाको ८ गते बिहीबार, पौष कृष्णपक्षको चतुर्थी तिथि ।
मेष
खर्चको मात्रा बढ्न जाने छ । आर्थिक चक्रमा केही असन्तुलन देखा पर्ने छ । परिवारमा झैझगडाका क्रमहरु देखा पर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ । पेशागत जीवनमा बादबिबादका क्रमहरु देखिँदा उत्साह र उमङ्गको कमि हुने छ ।
वृष
आम्दानीमा कटौति हुने र आर्थिक दबाब उत्पन्न हुने छ । पेशागत जीवनमा धेरै प्रगति भन्दा निरन्तरताका लागि प्रयास गर्नु पर्ने छ । मनमा अस्थिरताका क्रम देखा पर्दा चिटचिटाहटपूर्ण व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा लम्बन मन लाग्दा लाग्दै पनि व्यावहारिक रुपमा कठिनाई उत्पन्न हुने छ ।
मिथुन
परिवारमा मिठासपूर्ण वातावरण कायम रही रहने छ । पेशागत जीवनमा केही सकारात्मक संकेतहरु आउने छन् । व्यक्तित्वमा क्षणक्षणमा परिवर्तन देखा परिरहने छ । आफ्नो लक्ष्य र सपना तथा लक्ष्यहरुप्रति केन्द्रीत भइरहने व्यक्तित्व हुने छ । बोलीमा मिठोपना कायम रहँदा अरुको प्रभाव आफुप्रति खिच्न सकिने छ ।
कर्कट
सपना नराम्रो देखिँदा मानसिक दबाब छाउने छ । पेशागत जीवनमा केही सुधार आउने छ । भविष्यप्रतिको डर र निराशा मनमा आइरहने छ । बोलीको प्रभाव बढ्ने भएकाले समाजमा प्रभाव बढ्ने छ । जीवनसाथिको साथले उर्जा प्राप्त हुने छ ।
सिंह
परिवारमा शान्तिपूर्ण वातावरण कायम रहने छ । समाजले प्रशंसा गर्ने छ । पेशागत जीवनमा धेरै सकारात्मकता नआए पनि अलि सुधार देखिने छ । मनोबलमा गिरावट आउने छ । मनमा दुविधाका मात्राहरु विद्यमान रही रहने हुँदा निर्णय क्षमतामा कमि आउने छ ।
कन्या
बोलीमा आउने मिठासपनाले अरुले विश्वास गर्ने छन् । पेशागत जीवनबाट लाभ मिल्ने छ । पदोन्नति हुने तथा मान प्राप्त हुने छ । राजनीतिक लाभहरु प्राप्त हुने छ । व्यवस्थापकीय क्षमता सवल रहने छ । आर्थिक अवस्था पनि सवल रहने छ । परिवारमा भने खिचातानीको अवस्था आउँदा सहयोग मिल्ने छैन् ।
तुला
पेशागत जीवन सवल रहने छ । कमाईमा पनि बृद्धि हुँदा धन तौलतको कमि हुने छैन् । बाणिको प्रभाव फैलने छ । निर्णय छिटोछिटो गर्ने हुँदा जोखिमको अवस्था आउला । घमण्डि स्वाभावको चरित्र देखा पर्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ ।
वृश्चिक
मित्रहरुको विश्वास आर्जन गर्न सक्दा लगानीका नयाँ नयाँ क्षेत्रहरुमा मन जाने छ । साझेदारीका कामहरुबाट उत्साह प्राप्त हुने छ । जीवनसाथिको सौहार्दताले निकै मद्धत मिल्ने छ । मनोबल उच्च रहने र धैर्यता पनि कायम हुने छ । पशोगत जीवनमा भने अलि उल्झनहरुको सामना गर्नै पर्ने अवस्था आउने छ ।
धनु
पेशागत जीवन मध्यम खालको हुने छ । आम्दानीमा हल्का बृद्धि कायम रहने छ ।रुखो खालको व्यक्तित्व र बोली हुने हुँदा अरुको साथ र समर्थन कम मिल्ने छ । झैझगडाको अवस्थाबाट बच्ने प्रयास गर्नु होला । मनमा चित्र विचित्रका विचारहरु एक पछि अर्काे गरि आउँदा अस्थिर खालको व्यक्तित्व बन्न जाने छ ।
मकर
आम्दानीमा बृद्धि नभए पनि कमि पनि हुने छैन् । बाठो खालको स्वाभाव हुँदाहुँदै पनि कामहरु अड्किने छन् । बौद्धिकतामा बृद्धि हुने र कदर समेत मिल्ने छ भने आत्मसन्तुष्टि पनि मिल्ने छ । मनमा एक प्रकारको खिन्नता कायम भइरहने छ । पेशागत क्षेत्र औसत रहने छ । रंग रमाईलोमा मन आकर्षित हुने छ ।
कुम्भ
पेशागत जीवनमा नयाँ नयाँ सम्भावनाका ढोकाहरु खुल्ने छन् । अनौठा अनौठा खालका नकारात्मक सपनाले सताउने छ । जसले गर्दा दृढतामा कमि आउने र भविष्यप्रति डर लाग्ने हुन जाने छ । कडा खालको व्यक्तित्व हुने हुँदा विचार पुर्याउनु होला । आम्दानीमा उत्साह आउने छ । जीवनसाथिको दरिलो भरोषा प्राप्त हुने छ ।
मीन
आफ्नै पेशाप्रति विचलन आउने छ । आम्दानीमा कमि आउँदा आर्थिक दबाब सृजना हुने छ । प्रेममा सफलता मिल्ने छ । यौन क्षेत्रको कमजोरी बद्नामीको पासो बन्न सक्ने खतरा देखिन्छ ।स्वास्थ्यमा समस्या आउँदा मनोवलको कमि हुने छ । परिवारको साथले गर्दा निकै मद्धत मिल्ने छ । सवारीसाधनसम्बन्धी समस्याले सताउने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
राष्ट्रियसभामा गठबन्धन र महाधिवेशनबारे छलफल गर्न कांग्रेसको आज बैठक बस्दै
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया