विज्ञापनमा महिलाको फोटो प्रयोगमा तालिबानद्वारा प्रतिबन्ध

काठमाडौँ । अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् ।
काबुलका पसल तथा व्यापारिक केन्द्रका साइन बोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ । सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताएको समाचारमा उल्लेख गरिएको छ ।
काबुलमा सौन्दर्य सैलूनका मालिकहरूले इस्लामिक इमिरेटको निर्णयको आलोचना गरे र सरकारलाई उनीहरूको व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेका टोलो न्यूजले समाचारमा लेखेको छ । सात वर्षदेखि ब्यूटी सैलुनमा काम गरी आफ्नो १० सदस्यीय परिवारलाई आर्थिक सहयोग गरिरहेको र सरकारको निर्णयले आफूलाई आर्थिक तथा व्यवसायिक सङ्कट पर्ने काबुलकी सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताइन् ।
उनले भनिन्, “निर्णयले महिलाहरूको व्यवसायमाथि नै प्रतिबन्ध र नियन्त्रण गर्नेछ । आगामी केही दिनहरूमा तिनीहरूले हाम्रो पसलमा ताला लगाइदिनेछन् भन्ने त्रास बढेको छ ।” महिला अधिकारकर्मी परवानाले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गरिन्, “महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ रु यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन ।”
अन्तर्राष्ट्रिय संगठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट महिलालाई सीमान्त नबनाउन बारम्बार आह्वान गर्दै आएका छन् भने तालिबानले पनि आफ्नो पहिलेको शासनकालमा जस्तो कडा प्रस्तुत नहुने र आफ्ना शुभचिन्तक तथा विपक्षी सबैलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै आएको छ ।
यद्यपि, तालिबान सरकारको भनाई र कार्यशैलीमा भने भिन्नता रहने गरेको अधिकारकर्मीहरूले बताउँदै आएका छन् । उनीहरूले तालिबान समूहले आफ्नै प्रतिवद्धतालाई उल्लंघन गर्ने गरेको आरोप लगाएका छन् ।















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया