मंगलबार, जेठ ६, २०८२

भारतमा २१३ जना ओमिक्रोनबाट संक्रमित

मेरोन्यूज २०७८ पुष ८ गते ९:१०

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना संक्रमित भएका छन् । ओमिक्रोनबाट संक्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलंगनामा २४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाबाट भने छ हजार ३१७ जना संक्रमित भएका छन् । त्यसैगरी अरु ३१८ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरि अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७८ हजार १९० पुगेको छ । यो संख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।

प्रतिक्रिया