भारतमा २१३ जना ओमिक्रोनबाट संक्रमित
मेरोन्यूज
२०७८ पुष ८ गते ९:१०
काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना संक्रमित भएका छन् । ओमिक्रोनबाट संक्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलंगनामा २४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाबाट भने छ हजार ३१७ जना संक्रमित भएका छन् । त्यसैगरी अरु ३१८ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरि अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७८ हजार १९० पुगेको छ । यो संख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया