सोमबार, वैशाख ७, २०८३

एसीसी यू–१९ एसिया कपः नेपाल बंगलादेशसँग भिड्दै

मेरोन्यूज २०७८ पुष ९ गते ८:५६

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राजधानी ढाकास्थित सारजाह क्रिकेट रंगशालामा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

देव खनालको कप्तानी तथा वसन्त शाहीको प्रशिक्षणमा रहेको नेपाली टिमले टेष्ट मान्यताप्राप्त बंगलादेशलाई पराजित गर्ने प्रयासमा मैदान उत्रिदैछ ।

नेपाली टिममा देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी रहेका छन् ।

प्रतिक्रिया