‘जनताको हितका लागि सरकार सधैं तत्पर’
काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जनहितका कार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको बताएका छन् । रुपाताल तमु समाजद्वारा पोखरा महानगरपालिका ३२ खोलाको छेउमा आयोजित चौथो साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवम् ब्याडमिन्टन प्रतियोगिताको आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेश प्राकृतिक सुन्दरताजस्तै कला संस्कृतिको हिसाबले पनि धनी रहेको बताए ।
कला संस्कृतिको संरक्षणसँगै खेलकुद र विकास निर्माणमा संस्थाले गर्दै आइरहेका कार्यको प्रशंसा गर्दै उनले अन्य सामाजिक संस्थाले यस्ता कामको अनुसरण गर्नुपर्ने बताए । लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका अध्यक्ष नविन पुनले खेल क्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउँदै देखिएका चुनौतीलाई अवसरको रुपमा लिएर यसको विकासमा जुट्नु पर्ने आवश्यकता औँल्याए ।















सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया