‘जनताको हितका लागि सरकार सधैं तत्पर’
काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जनहितका कार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको बताएका छन् । रुपाताल तमु समाजद्वारा पोखरा महानगरपालिका ३२ खोलाको छेउमा आयोजित चौथो साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवम् ब्याडमिन्टन प्रतियोगिताको आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेश प्राकृतिक सुन्दरताजस्तै कला संस्कृतिको हिसाबले पनि धनी रहेको बताए ।
कला संस्कृतिको संरक्षणसँगै खेलकुद र विकास निर्माणमा संस्थाले गर्दै आइरहेका कार्यको प्रशंसा गर्दै उनले अन्य सामाजिक संस्थाले यस्ता कामको अनुसरण गर्नुपर्ने बताए । लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका अध्यक्ष नविन पुनले खेल क्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउँदै देखिएका चुनौतीलाई अवसरको रुपमा लिएर यसको विकासमा जुट्नु पर्ने आवश्यकता औँल्याए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया