मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना

इरानमा अमेरिका–इजरायलले सुरू गरेको युद्धको नवौँ दिनमा पोप लियो चौधौँले आइतबार मध्यपूर्वमा ‘बमको गर्जन’ रोकियोस् भनेर विशेष प्रार्थना गरेका छन्।
अमेरिकामा जन्मेका पोपले एन्जलसको प्रार्थनाको अन्त्यमा भने, “हिंसा र विनाशका घटनाहरू र घृणा र डरको व्यापक वातावरणमा द्वन्द्व फैलिने डर छ । मध्यपूर्व क्षेत्रबाट आएका समाचारहरूले गहिरो निराशा उत्पन्न गरेका छन् । प्रिय लेबनान र यस क्षेत्रका अन्य देशहरू फेरि एक पटक अस्थिरतामा जान सक्छन्।”
लियोले प्रार्थना गर्दै भने , “बमको गर्जन बन्द होस्, हतियारहरू शान्त होऊन्, र संवादको लागि ठाउँ खोलियोस्, जहाँ जनताको आवाज सुन्न सकियोस्।”
अमेरिका–इजरायली हवाई आक्रमणले इन्धनको भण्डार इरानलाई ध्वस्त पारिरहँदा तेहरानले आइतबार आफ्नो नयाँ सर्वोच्च नेता घोषणा गर्ने तयारी गरेको छ । इरानले क्षेप्यास्त्र र ड्रोन जवाफी कारबाहीमा खाडी क्षेत्रका कैयौँ मुलुक र मध्यपूर्वका केही भागलाई निशाना बनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउन अस्वीकार गरेका छन् तर युद्ध तीव्र गतिमा बढिरहेको बताए।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया