प्रहरीकै मोटरसाइकल लिएर कैदी भागेपछि…
मेरोन्यूज
२०७८ पुष १० गते ९:३०
काठमाडौँ । दाङको घोराही कारागारबाट कैदीबन्दी भागेपछि खोजी कार्य सुरु भएको छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर भागेपछि डिएसपीको कमाण्ड खोजी भएको हो ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियार कारागारका कैदी बन्दी नाइकेसमेत हुन् । छालाको उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट भागेको प्रहरीले जनाएको छ ।
उनी प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसीको निलो कालो पल्सर मोटरसाइकल लिएर भागेका हुन् । योसँगै उनको खोजी सुरु भएको हो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया