यो साता देशभर चिसो बढ्ने, सर्तक हुन आग्रह
मेरोन्यूज
२०७८ पुष ११ गते ७:०६

काठमाडौँ । यो साता देशभर न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर तापक्रम घट्ने भएको हो ।
यस्तै, मौसम विज्ञान विभागका अनुसार देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने भएको हो ।
साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक–दुई स्थानमा असिनासमेत सम्भावना रहेको छ ।
देशको तराईका भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले सम्पूर्ण नागरिकहरूलाई चिसोबाट बच्न सर्तक हुन आग्रह गरेको छ ।
सम्बन्धित
















थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया