शरणार्थी चढेको डुंगा डुब्दा १६ जनाको मृत्यु

काठमाडौँ । एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी चढेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु हुनेमा एक शिशुसमेत रहेको ग्रीक सञ्चारमाध्यमले जनाएका छन् ।
ग्रीसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो । यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समुहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो ।
उक्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधबार पनि एउटा डुंगा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको थियो । डुंगा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू बेपत्ता भएका थिए ।
सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपंक्तिमा रहेको छ । विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ ।
‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिबार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, “सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत् २९ हजारभन्दा बढी मानिसहरूको उद्धार गरेको छ ।’
सुरक्षाको आधारभूत स्तर अनुरूप नभएका डुंगाहरूमा अक्सर व्यापारीहरूले दर्जनौँ गरिब तथा द्वन्द्व पीडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन् ।











पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया