‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइजमाथि संकटाको सहज जित
मेरोन्यूज
२०७८ पुष ११ गते १६:०१

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवलको आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लवमाथि संकटाले सहज जीत हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबमाथि ३–० को सहज जित हात पारेको हो ।
संकटाको जितमा उत्तम राईले १२ औं मिनेट तथा २८ औं मिनेटमा दुई गोल गरे भने लक्ष्मण रुचालले ३८ औं मिनेटमा एक गोल गरेका थिए ।
जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ ।
जारी लिगमा मच्छिन्द्र शीर्ष स्थानमा रहेको छ भने मनाङ मस्र्याङदी दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया