थप २१९ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष ११ गते १६:२१

काठमाडौं । नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा २१९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७१८० जनाको पीसीआर परीक्षण र २४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
गएको २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
यस्तै, सोही अवधिमा २८३ जना कोरोनामुक्त भएका छन् ।
यता, काठमाडौं उपत्यकामा मात्रै आइतबार १ सय १३ जना संक्रमित थपिएका छन् । जसअनुसार, भक्तपुरमा ८, ललितपुरमा २८ र काठमाडौं ७७ जना छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया