गजुरेलले भने– माओवादी एकताका लागि महाधिवेशनबाट ढोका खोल्नुस्

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले माओवादी पार्टीहरुबीचको एकताका लागि महाधिवेशनबाट ढोका खोल्न आह्वान गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)को आइतबारबाट सुरु भएको आठौं महाधिवेशनमा शुभकामना मन्तब्य राख्दै गजुरेलले माओवादी पार्टीहरुबीचको एकताका लागि जारी महाधिवेशनबाट नै ढोका खोल्न आग्रह गरे ।
उनले आफूलाई माओवादी केन्द्रको मञ्चमा उभिएर पुराना दिनहरुको सम्झना भइरहेको उल्लेख गर्दै गजुरेलले विगतमा प्रचण्डले माओवादी पार्टीहरु एक हुनुपर्छ भनिरहेको कुरा पनि आफूलाई सम्झना भइरहेको बताए ।
‘नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक हुनुपर्छ,’, गजुरेलले भने, ‘तर त्यसका लागि जनयुद्ध सुरु हुनुभन्दा अघि भएको निर्णय पूरा गर्ने प्रतिवद्धता यो महाधिवेशनबाट हुुनुपर्दछ ।’
माओवादी पार्टीहरुबीच एकताका लागि उनले जारी महाधिवेशनबाट जनगणतन्त्रको कार्यदिशा अघि बढाउन पनि गजुरेलले सुझाव दिए ।
एमसीसी खारेज गरेमा तथा लिपुलेकदेखि लिम्पियाधुरासम्मको नेपालको नक्सामा समेटिएको जमीन फिर्ता गर्ने प्रतिवद्धता पनि महाधिवेशनबाट आएमा पार्टी एकताको बहस र छलफलका लागि ढोका खुल्ने गजुरेलको भनाइ थियो ।
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया