मंगलबार, वैशाख २२, २०८३

सामुदायिक वन उपभोक्ता महासंघद्वारा आन्दोलन घोषणा

मेरोन्यूज २०७८ पुष ११ गते २०:५४

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समुदायको अधिकार कटौती गर्ने गरी सरकारले तयार पारेको वन नियमावली २०७८ विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

Advertisement
NiccNicc

महासंघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी संघिय तथा प्रदेश सरकारले वन ऐन २०७६ विपरितका व्यवस्थाहरु समावेश गराएर सामुदायिक वन हस्तक्षेप गर्ने गरी समुदायको अधिकार कटौती गर्ने गरी वन नियमावली २०७८ तयारी परिएको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भारती पाठकले सरकारले समुदायले प्रयोग गर्दै आएको सामुदायिक वनको अधिकार कटौटी गरेको बताइन् ।

उनले प्रदेश र संघिय सरकारले तयार पारेको वन नियमावली २०७८ मा समुदायको अधिकार कटौती गर्दा स्थानिय समुदाय वन जोगाउन भन्दा पनि वन जागाएर गरिव जनताले के पाउछौं भन्ने अवस्था आएको बताइन् ।

अध्यक्ष पाठकले जनतामा वन जोगाउने ऊर्जा नियमावलीले थप्नु पर्ने ठाँउ उल्टो ऊर्जा घटाएको बताइन् ।

उनले वन उपभोक्ता समितिले वन पैदावारबाट आफु अनकुल काठ बाहिर पठाउन नपाउने भएको बताउनुभयो । उहाँले सरकारहरुले जनमुखी नियमावली बनाउनु पर्नेमा उल्टो अगाडिको ऐनलाई लत्याएर उपभोक्ता समितिलाई अंकशुल लगाएको आरोप लगाइन् ।

महासंघले सरकारले बनाउन लागेको वन नियमावली जन पक्षिय नभएकाले अहिले व्यवस्था गर्न लागेको नयाँ व्यवस्था तत्काल खारेज गर्नु पर्ने माग राखेको छ । महासंघ वन ऐन २०७६ विपरित व्यवस्थाहरु खारेज नरेसम्म यो पुस महिनाभर आन्दोलन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया