शनिबार, पुष १२, २०८२

हुम्लामा हिमपात भएसँगै किसान खुसी

मेरोन्यूज २०७८ पुष १२ गते ९:१४

काठमाडौँ । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात सुरु भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ ।

हुम्लामा अहिले तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेको छ । स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ । उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा अत्याधिक चिसो बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिए ।

‘हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ,’ उनले भने, ‘हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।’

गत मंसिर महिना सुरु भएदेखि तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा हिमपातले चिसो अत्यधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया