नवलपरासीको जर्गाहामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु
मेरोन्यूज
२०७८ पुष १२ गते १५:५९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासीको जर्गाहामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
नवलपरासी नगरपालिका ११ स्थित जर्गाहामा ८९ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८९ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया