चण्डीगढमा बीजेपी मेयर पराजित, आम आदमी बन्यो ठूलो पार्टी

काठमाडौं । भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टी चण्ढीगढमा पनि ठूलो पार्टी बनेको छ । चण्डीगढमा बीजेपीका अहिलेका मेयर रविकान्त शर्मा पराजित भएका छन् ।
गएको चुनावमा २६ सिट मध्ये भारतीय जनता पार्टी बिजेपीले २१ सिटमा जित हासिल गरेको थियो । अहिले ३५ सिटमा पनि बिजेपीले मात्रै १२ सिटमा चित्त बुझाएको छ । आम आदमी पार्टीले १४ सिट हात पारेको छ । तेस्रो स्थानमा रहेको कांग्रेले ८ सिटमा जित दर्ता गराएको छ ।
शिरोमणि अकाली दलले एक सिट जितेको छ ।
चण्डीगढमा आम आद्मी पहिलो ठूलो दल बने पनि प्रतिशतको आधारमा भने तेस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानमा रहेको कांग्रेसले प्रतिशतका आधारमा बढी मत ल्याएको छ । प्रतिशतकाआधारमा कांग्रेसले २९.७९ प्रतिशत मत ल्याएको छ भने बीजेपीले २९.३० प्रतिशत र आम आद्मी पार्टीले २७.०८ प्रतिशत मत प्राप्त गरेको छ । आम आद्मी पार्टी (आप)ले पहिलो पटक चण्डीगढको विधानसभा चुनावमा भाग लिएको थियो ।
यसअघि सन् २०१६ मा भएको चुनावमा बीजेपी र अकाली दल मिलेर लडेको थियो ।
दिल्लीपछि चण्ढीगढमा उदाएको आम आद्मी पार्टीका संयोजक एवम् दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाइ दिएका छन् ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया