बिहीबार, फागुन २८, २०८२

माओवादी बन्दसत्रको नियम

प्रचण्डको प्रतिवेदनमा समूहबाट एउटाले सुझाव राख्न पाउने, १५ मिनेटभित्रै सक्नुपर्ने

मेरोन्यूज २०७८ पुष १३ गते १४:४५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको वन्दशत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङले पेश गरेको विधान संसोधन प्रस्तावमाथी समुहगत छलफल चलिरहेको छ । समुहगत छलफलका लागि झण्डै १७ सय महाधिवेशन प्रतिनिधीहरुलाई २५ वटा समुहमा विभाजन गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

समुहले विहान ११ वजेदेखि छलफलमा सहभागिता जनाईरहेका छन् ।

समुहगत छलफल चलिरहँदा महाधिवेशन आयोजना स्थल प्रज्ञा भवनमै वसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले भने समुहगत छलफल पछि सुझाव राख्ने कामलाई कसरी ब्यवस्थापन गर्ने भन्ने लगायतका विषयमा छलफल गरी केही नियमहरु बनाएको एक स्थायी समिति सदस्यले बताए ।


उनका अनुसार भोलि विहान ११ वजेदेखि वन्दशत्रमा समुहगत छलफलका आधारमा समुहवाट सुझाव राख्ने क्रम शुरु हुनेछ । २५ वटै समुहवाट एक एक जनाले सुझाव राख्न पाउनेछन् । यसरी सुझाव राख्न आउने नेताहरुलाई सकभर लिखित रुपमा नै सुझाव लिएर आउन र वढीमा ज्ञ५ मिनेटभित्र आफना सुझाव राखिसक्नुपर्ने गरी स्थायी समिति बैठकले नियम बनाएको छ ।


प्रचण्डको प्रतिवेदन चित्त नबुझी कुनै समुहमा कुनै प्रतिनिधीले फरक मत वा पुरक डकुमेन्ट राखेमा भने त्यसलाई छुट्टै प्रस्तुत नगरी ग्रुपबाट एकजनाले मात्रै राख्नुपर्ने र त्यसलाई लिखित रुपमा दिनुपर्ने नियम पनि स्थायी समितिले बनाएको छ ।

सुझाव राखेपछि पार्टीका केही स्थायी कमिटि सदस्यहरुले पनि दस्तावेजमाथी धारणा राख्नेछन् । त्यसपछि समुहगत रुपमा उठेका र स्थायी कमिटि सदस्यहरु सम्मले उठाएका प्रश्नहरुको जवाफ प्रचण्डले दिनेछन् ।


त्यसपछि विधान तथा राजनीतिक प्रतिवेदन पारित भएपछि माओवादी केन्द्र नयाँ नेतृत्व चयनको प्रक्रियमा प्रवेश गर्ने छ । यसरी माओवादी केन्द्रले कार्यतालिका बनानएको एक स्थायी कमिटि सदस्यले जानकारी दिए ।

प्रतिक्रिया