नेपालीहरु सबै प्रकारका खेल खेल्न सक्षम छन : खेलकुद मन्त्री अथक

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुन् ।
“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं” सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भने, “हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।”
यस्तै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गरे । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुले गलत रुपमा प्रयोग गर्दै आईरहेको जिकिर गर्दै मन्त्री अथकले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनिती मौलाएकाले अपेक्षित उपलब्धी हासिल हुन नसकेको दाबी गरे ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया