विप्लवलाई माधव नेपालको आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए ।
‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ ।’
साथै उनले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उनले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिए ।










यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया